सगरमाथा आरोहण गर्न बहराइनी राजकुमार नेपाल प्रस्थान

सगरमाथा आरोहण गर्न बहराइनी राजकुमार नेपाल प्रस्थान तस्वीर सौजन्य : नेपाली दूतावास मान्मा,बहराइन

मान्मा। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफा नेपाल प्रस्थान गरेका छन् । राजकुमार खलिफासहित १६ जनाको टोली सोमबार नेपाल प्रस्थान गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले प्रवास खबरलाई जानकारी दिए ।

बहराइन डिफेन्स फोर्सको शैन्य विशेष विमानबाट १६ सदस्यीय आरोहण टोली बिहान ९.१५ बजे नेपालको लागि प्रस्थान गरेको हो। उक्त टोलीलाई राजदूत सुन्दाससहित दूतावासका कर्मचारीले प्रस्थान पूर्व पर्वतआरोहण सफलताको शुभकामना दिएका थिए ।

उक्त टोलीले गोरखा चुमनुब्री गाउँपालिकामा कोभिड १९ को २ हजार डोज खोप सहयोग स्वरुप प्रदान गर्नेछ। उक्त टोली ७९ दिनसम्म नेपालमा रहनेछ।

टोली नेपालमा ७९ दिनसम्म रहने सुन्दासले बताए । टोलीलाई सगरमाथा आरोहणको व्यवस्थापन नेपालमा सेभेन सुमिट ट्रेक प्रालिले गर्नेछ।

गत अक्टोबरमा उनीसहित १८ सदस्यीय बहराइनी टोलीले मनसालु हिमाल र लोबुचे पीक हिमालको सफल आरोण गरेको थियो।