ब्राजिलमा १ करोड १४ लाख भन्दा बढीमा कोरोना संक्रमण, २ लाख ७८ हजारको मृत्यु

ब्राजिलमा १ करोड १४ लाख भन्दा बढीमा कोरोना संक्रमण, २ लाख ७८ हजारको मृत्यु सांकेतीक तस्वीर

ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ ।

पछिल्लो समयमा ब्राजिलमा कोभिडका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको स्वास्थ्य अधिकारीको भनाई छ । हालसम्ममा यहाँ कोभिड संक्रमणबाट ज्यान जानेको संख्या २ लाख ७८ हजार २२९ जना पुगेको छ ।

आइतबार दिइएको समाचारअनुसार कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टायता ४३ हजार जनाभन्दा बढीमा संक्रमण देखिएको छ भने १ हजार १२७ जनाको ज्यान गएको छ । पछिल्लो समय मृत्यु हुनेहरुमा २० देखि ५० वर्षसम्मका नागरिक रहेको बताइएको छ ।