साउदी अरबमा कार्यरत विदेशी कामदारलाई डिजिटल कार्ड

एजेन्सी। साउदी अरेबियाले विदेशी कामदारको लागि मुकिम अर्थात परिचय पत्र (आइडी कार्ड) को डिजिटल भर्सन सुरु गरेको छ । साउदी अरबको राहदानी निर्देशनालयले विदेशी कामदारले प्रयोग गर्ने आइडी कार्डमा डिजिटल संस्करण सुरु गरिएको जनाएको छ ।
आन्तरिक मामिला मन्त्रालयको अनलाईन सेवालाई बढावा दिन र सरकारी सेवालाइ प्रभावकारी बनाउन डिजिटल संस्करण सुरु गरिएको राहदानी निर्देशनालयले जनाएको छ । सेवाग्राहीको सन्तुष्टिलाई मध्य नजर गर्दै यो सेवा अघि सारिएको जनाएको छ ।
डिजिटल आइडीमार्फत कामदारको सबै विवरण क्युआर कोड मार्फत हेर्न सकिनेछ । साथै प्रयोगकर्ताले आफ्नो आइडीको प्रतिलिपि बिना इन्टरनेट डाउनलोड गर्न सक्नेछन् ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर