सुनको मूल्य यथावत, चाँदीको मूल्यमा वृद्धि

सुनको मूल्य यथावत, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आज नेपालमा सुनको मूल्य यथावत रहेको छ । छापावाला सुन प्रति तोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ८६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतवारको तुलनामा चाँदीमा ५ रुपैयाँले वृद्धि भइ प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७४ हजार २४५ रुपैयाँ, तेजावी सुन ७३ हजार ८६० रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ९३ रुपैयाँ मूल्य कायम गरेको छ ।