जापानमा थप कडाइ : स्मार्टफोन बोक्नैपर्ने, क्वारेन्टाइन नियम उल्लघंन गर्नेलाई देश निकाला

जापानमा थप कडाइ : स्मार्टफोन बोक्नैपर्ने, क्वारेन्टाइन नियम उल्लघंन गर्नेलाई देश निकाला

टोकियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न भन्दै जापान सरकारले पछिल्ला दिनहरुमा अध्यागमन नीतिमा थप कडाइ गरेको छ । जापानको विदेश मन्त्रालयले अध्यागमन नियमलाई शसक्त पार्दै क्वारिन्टिन नियम तथा प्रवेश पूर्वको शर्तमा थप कडा नियम लागू गरेको हो ।

१२ मार्चमा प्रकाशित मन्त्रालयको सूचना अनुसार अब उप्रान्त जापान प्रवेश गर्ने यात्रीसँग अनिवार्य स्मार्टफोन हुनुपर्नेछ । यात्रीको गतिविधिलाई अनुगमन गर्न जापानले तोकेको मोबाइल एप्लिकेशन राख्नुपर्ने हुनाले स्मार्ट फोनलाई अनिवार्यता गरिएको हो।

यदि स्मार्टफोन नभएमा यात्रीले विमानस्थलमा उपलब्ध भाडाको स्मार्ट फोन भएपनि तोकिएको शुल्क तिरेरै लिनुपर्नेछ । आफ्नै स्मार्ट फोन वा भाडामा लिनुपर्ने मध्ये दुई विकल्प मात्र यात्रीहरुसँग हुनेछ । यदि यी दुवै मध्ये कुनै शर्त पालना नगरेमा जापान प्रवेश गर्न पाइनेछैन। अर्थात, विमानस्थलबाटै जापानले आएकै देश फिर्ता गरिदिनसक्नेछ।

यो भन्दा पहिले यसअघिनै लागू रहेको कोरोना भाइरसको जापान ओर्लने समयको ७२ घण्टाभित्र परीक्षण गरिएको नकारात्मक नतिजाको प्रमाणपत्र हो । यस बाहेक कोरोना भाइरस विरुद्धको खोप लगाएको हो भने सोको प्रमाणपत्र अर्थात् खोप कार्ड प्रस्तुत गरेपनि हुन्छ।

१९ मार्चबाट यदि जापान आउने यात्रुले कोरोना भाइरस परीक्षणको प्रमाणपत्र पेश गर्न नसकेमा जापानको क्वारेन्टाइन कानून अनुसार त्यस्ता यात्रु जापानमा अवतरण गर्न पाउनेछैनन्।

उल्लेखित नियमहरु पालना नगरेको उल्लंघन गरेको पाइएमा विदेशी नागरिकको हकमा जापानले भिसाा रद्द गरेर देश फिर्ता पठाउनसक्ने, उनप्हरुको नाम तथा विवरण सार्वजनिक गरिदिनसक्ने नियम लागू गरिएको छ।