अमेरिकामा नेपाली उबर ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

अमेरिकामा नेपाली उबर ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

वाशिङ्टन । अमेरिकाको सन फ्रान्सिस्कोमा उबर चालक शुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी छिन् । सन फ्रान्सिस्को प्रहरीका अनुसार खड्कामाथि दुर्व्यवहार गर्ने २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरिएको हो ।

गत आइतवार उबरका चालक सुभाकर खड्कामाथि दुर्व्यवहार भएको थियो । अनलाईन ट्याक्सी सेवा उबर मार्फत खड्काको ट्याक्सीमा चढ्न आएकी ३ जना महिलामध्ये २४ वर्षीया मलेसियाले उनी माथि दुर्व्यवहार गरेकी थिइन् । उबरको नियम अनुसार यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने हुन्छ ।

सोहि अनुरुप खड्काले उनलाई मास्क लगाउन आग्रह गरेका थिए । ती महिलाले आफूसँग मास्क नभएको र माक्स लगाउन अस्वीकार गरेकी थिइन् । उनले पटक पटक खड्काको मुख नजिक खोकेको र मास्क समेत निकालिदिएकी थिइन् । साथै खड्काको मोबाईल समेत खोसेकी थिइन् ।

मास्क किन्न खड्काले ट्याक्सी पेट्रोल पम्प तर्फ मोडेका थिए । आफूमाथि दुर्व्यवहार गरेपछि उनले उनीहरुलाई ट्याक्सीबाट निकालिदिएका थिए । उनीहरुले खड्कामाथि आँखा पोल्ने रसायन छरेर गएका थिए ।

आफूमाथि यस्तो दुर्व्यवहार भएपछि खड्काले सन फ्रान्सिस्को प्रहरीमा उजुरी दिएका थिए ।

विहिबार उबरले विज्ञप्ति जारी गर्दै दुर्व्यवहारमा संलग्न तिन जनालाई उबरको सेवाबाट प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

भक्तपुरका खड्का विगत ८ वर्षदेखि अमेरिकामा बस्दै आइरहेका छन् ।