जापानमा कोरोनाका कारण निर्माण क्षेत्रमा झन्डै २१ हजारले गुमाए रोजगारी

जापानमा कोरोनाका कारण निर्माण क्षेत्रमा झन्डै २१ हजारले गुमाए रोजगारी

टोकियो । कोभिड १९ का काराण जापानको औधोगिक क्षेत्रमा काम गर्ने करिब २१ हजार कामदार बेरोजगार बनेका छन् । गत शुक्रबार औधोगिक क्षेत्रबाट २० हजार ५ सय ३६ जनालाई कामबाट निकालिएका छन् । साथै करिब २ हजार कर्मचारीको करार रद्ध गरिएको छ ।

जापानमा कोभिडका कारण जागिरबाट निकालिने र करार नविकरण नहुनेको संख्या ९३ हजार ३ सय ५४ रहेको छ । अघिल्लो हप्ताको तुलनामा यो संख्या ३ हजार १ सय ६९ जनाले बढी रहेको छ । जसमध्ये सबैभन्दा धेरै औधोगिक क्षेत्र रहेको मंगलबार सार्वजनिक तुलनाले देखाएको छ। अन्य कुनै क्षेत्रमा २० हजार नाघेको छैन।

यो साप्ताहिक वृद्धि गत वर्षको मध्य सेप्टेम्बरयताकै उच्च रहेको छ । यसले जापानमा रोजगारी अनिश्चिततालाई देखाएको छ । पछिल्लो पटक सार्वजनिक भएको तथ्याङक अनुसार रोजगारी अनिश्चितता झन बढ्ने संकेत देखिएको छ।

कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले घरेलु पर्यटन क्षेत्रलाई टेवा दिन ल्याएको गो टु ट्राभल अभियान देशभर नै स्थगित गरिएको थियो । यसले ट्राभल उद्योगमा कार्यरत कामदार प्रभावित भएका छन् । समिक्षा अवधिमा यात्रा र बसोबास उद्योगमा रोजगारी कटौती क्रमश ७६३ र ५१२ ले वृद्धी भएको छ ।