नेपालमा सुनचाँदीको भाउ बढ्यो, प्रति तोला कति ?

नेपालमा सुनचाँदीको भाउ बढ्यो, प्रति तोला कति ?

काठमाडौं ।  नेपालमा आज सुनको मूल्यमा बृद्धि भएको छ । बुधबारको तुलनामा प्रति तोला ६ सय रुपैयाँले बृद्धि भएर छावापाला सुन प्रति तोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८६ हजार ३ सय ५० रपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी बुधबारको तुलनामा चाँदी प्रति तोला १५ रुपैयाँले बृद्धि भएर १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७४ हजार ४ सय २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ७४ हजार ३५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ११ सय २ रुपैयाँ मूल्य कायम गरेको छ ।