नेपाली हिम्मत हार्दैनन्,जस्तोसुकै चूनौतीको सामना गर्न सक्छन् : नवनियुक्त जापानी राजदूत

नेपाली हिम्मत हार्दैनन्,जस्तोसुकै चूनौतीको सामना गर्न सक्छन् : नवनियुक्त जापानी राजदूत नेपालका लागि नवनियुक्त राजदूत किकुता युताका

काठमाडौं । नेपालका लागि नवनियुक्त जापानी राजदूत किकुता युताका आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । ७ मार्चमा काठमाडौं ओर्लिएका उनले आफ्नो पहिलो सन्देश जारी गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन काम गर्ने बताएका छन्।

सन्देशमा उनले महाभूकम्पमा नेपालीहरुले गरेको संघर्षको प्रसंशा गरेका छन् । नेपाली जनताले कहिल्यै हिम्मत नहार्ने र कठिन चूनौतीको सामना गर्न सक्ने बताउँदै उनले गौरवशाली देशमा राजदूतको रुपमा सेवा गर्न पाउँदा आफूलाई सम्मानित र भाग्यशाली ठानेको उल्लेख गरेका छन्।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको कार्यकाल सकिएपछि जापान सरकारले किकुतालाई नयाँ राजदूतमा पठाएको हो ।युकातासँग यसअघि अफ्रिकी मुलक नाइजेरियामा राजदूतको जिम्मेवारी सम्हालेको अनुभव छ । त्यस्तै उनले दिल्लीस्थित जापानी दूतावासमा उपनियोग प्रमुखका रुपमा पनि काम गरेका थिए।

युताकाले हिताृचसबासी विश्वबिद्यालयमा आफ्नो अध्ययन पूरा गरेका थिए। उनी युताका सन् १९८४ मा परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका थिए।

उमेरले ५९ वर्ष टेकेका उनी जापानको फुकुसिमा प्रिफेक्चरमा जन्मिएका हुन्।

राजदूतको सन्देश

नमस्ते,
म आफूलाई तपाईहरुसामु परिचय गराउन पाउँदा खुशी छु । म किकुता युताका, नेपालका लागि जापानको नयाँ राजदूत हुँ। म भर्खरै ७ मार्चमा राजदूत साईगो मासामिचिको उत्तराधिकारीको रुपमा यहाँ आइपुगेको छु।

म नेपालको लागि नयाँ राजदूत भएता पनि यो सुन्दर देशसँग मेरो पहिलेदेखि नै व्यक्तिगत सम्बन्ध छ । जापानको विदेश मन्त्रालयको दक्षिणपश्चिम रसिया प्रभागको निर्देशकको रुपमा यहाँ आएको अझै सम्झन्छु, जतिखेर उपत्यकामा जाकिरान्डाका रुखहरुमा सुन्दर फूलहरु फुलेका थिए । सन् २००५ मा मैले तत्कालीन राजकुमार पारस तथा राजकुमारी हिमानीलाई एक्स्पो २००५ ऐची जापानमा स्वागत गरेको थिएँ ।

मैले भारतमा जापानी दूतावासको मिसनको उपप्रमुखको रुपमा सेवा गरिरहेको बेला नयाँ दिल्लीमा मेरो निवासमा छँदा सन् २०१५ मा नेपालको महशुस गरे।

जापान र नेपालकोबीचमा लामो र गहिरो इतिहास रहेको छ, जसमा जनताको मित्रवत् सम्बन्ध र आदानप्रदानहरु पर्दछन् । ती सबै कुराहरु जापानी भिक्षु कावागुची एकाइको १८९९ मा भएको काठमाडौं यात्रा (भ्रमण)बाट सुरु भए।

जापान र नेपालबीच १९५६ मा कुटनैतिक सम्बन्ध स्थापित भयो । त्यो बेलादेखि हामीले सच्चा मित्रको रुपमा हाम्रो सम्बन्धलाई बलियो बनाउँदै आइरहेका छौं।

मलाई ज्ञान छ कि दुवै देशहरुबीचको उच्चस्तरिय आदानप्रदान एकदमै सक्रियतापूर्वक भएको छ कि महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको भ्रमण गर्नुभएको थियो । साथै दुवै देशका विदेश मन्त्रीहरुले एकअर्कालाई भेट्न हालसालै भ्रमण गर्नुभएको थियो । यसबाहेक यो कुरा उल्लेखनिय छ कि अर्काे वर्ष २०२२ मा पहिलोपटक अझ नेपाली विद्यार्थी अध्ययनको लागि जापान पठाइएको १२० औं वर्ष पुग्दैछ।

आर्थिक मामलाको सन्दर्भमा कुरा गर्दा, हामीले नेपाललाई एक्स्पो २०२५ ओसाका, कन्काई जापानमा सहभागीताको लागि स्वागत गर्दछौं । यस विशेष अवसरमा नेपालले विश्वलाई आफ्नो सम्वृद्धि र खुशी देखाउनेछ भन्ने कुरा थाहा पाउँदा म अत्यन्तै उत्सुक छु । नेपालको आर्थिक विकासमा सघाउ पुर्याउने हेतुले जापान सरकारले भूकम्पबाट बिग्रिएका संरचनाहरु पुर्नसंरचनाका लागि प्रोजेक्टलगायत विभिन्न सहयोगहरु लामो समयदेखि गर्दै आइरहेको छ।

व्यक्तिगत रुपमा बोल्दा म मूल रुपमा फुकुसिमा प्रान्तको हुँ,जहाँ १० वर्ष पहिले पूर्वी जापानमा ठूलो भूकम्प गएको थियो र गत महिना भूकम्पले ग्रस्त बनाएको थियो। मलाई लाग्छ कि, मेरो आफ्नै अनुभवबाट के कसरी नेपाली जनता २०१५ को भूकम्पले गर्दा आएका सामान्य कठिनाइहरुमा आफ्नो जविन सामान्य अवस्थामा फर्काउन कडा परिश्रम गर्दै आएका छन् । भन्ने कुरा म अरु मानिसहरु भन्दा राम्रोसँग बुझ्दछु।

सगरमाथासहित राष्ट्रका विभिन्न आकर्षकहरु र जापानलाई माया गर्ने जनता भएको यस देशमा नियुक्त हुन पाएकोमा म आफूलाई अत्यन्त सम्मानित र भाग्यमानी महशुस गर्दछु । मेरो पूर्ववर्तिहरुको प्रयासहरु सफल बनाउन नम्रता र इमान्दारीपूर्वक काम गर्नु मेरो कर्तव्य हो। गत वर्ष हामीमध्ये धेरैले विश्वभर फैलिएको कोभिड १९ का कारण अप्रत्यासित कठिनाइको सामाना गर्यौं। त्यसबाट नेपाल पनि अपवाद रहेन। मलाई विश्वास लाग्दछ, तथापी नेपालका असल जनताहरुले कहिल्यै पनि हिम्मत हार्दैनन् र जस्तोसुकै चूनौतीको सामना गर्नेछन् । म नेपाल सरकार र यहाँका साथीहरुसँग काम गर्ने आशा गर्दछु र आउँदो पुस्ताहरुका लागि हाम्रो महान मित्रतालाई अझ प्रगाढ बनाउनेछु ।

मार्च ८, २०२१
नेपालका लागि जापानी राजदूत
किकुता युताका