दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ९३ हजार भन्दा बढी

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ९३ हजार भन्दा बढी

सौल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संक्रमण भएको थियो । सोमबार एकै दिनमा एक सय संक्रमित बढी ४४६ मा संक्रमण देखिएको हो ।

कोरोना शुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ६४५ पुगेको समाचारमा जनाइएको छ ।गत २६ फेब्रुवरीबाट कोभिड–१९ विरुद्ध खोप शुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३४६ जना खोप लगाइसकेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *