नेपालमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै

नेपालमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै

काठमाडौं । नेपालमा आज सुन प्रति तोला ६ सयले घटेको छ । छापावाला सुन सोमबारको तुलनामा प्रति तोला ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८५ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी आज छापावाला सुन प्रति १० ग्राम ७३ हजार ३ सय ९० रुपैयाँ, तेजावी सुन ७३ हजार ५ रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ७६ रुपैयाँ मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।