कतार प्रहरीमा रोजगारी : ‘जीटूजी’ सम्झौताको तयारी

काठमाडौं । सरकारले कतारको सुरक्षा निकायमा ‘जीटूजी’ प्रक्रियामार्फत युवाहरुलाई पठाउने गृहकार्य थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कतारमा ‘जीटूजी’ सम्झौताको तयारी थालिएको बताएका छन्।
आइतबार वैदेशिक रोजगार बोर्डले आयोजना गरेको पूर्व प्रस्थान अभिमुखीकरण तालिमका लागि पुनरताजगी तालिमको समापन कार्यक्रममा मन्त्री चौधरीले कतारको सरकारी स्तरबाट नै सुरक्षागार्डमा नेपाली कामदारको माग आएको जानकारी दिँदै सरकारी संयन्त्रबाट पठाउने विषयमा कतारसँग छलफल समेत भएको बताए।
‘यस विषयमा मैले कतारका लागि नेपाली राजदूतसँग छलफल गरिसकेको छु, कतार सकारात्मक छ ’ मन्त्री चौधरीले कार्यक्रममा भने–‘ निश्चित क्षेत्रका लागि जीटुजी मार्फत कामदार पठाइनेछ ।’
ताजा अपडेट

प्रवास खबर
एनआरएनए बेल्जियमको अधिवेशन १८ जुलाइमा

प्रवास खबर
Facebook Comment