दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार नाघ्यो

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार नाघ्यो सांकेतीक तस्वीर

सोल । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमित थपिएको छ । यससँगै कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी पुगेको छ । दक्षिण कोरियामा गत फेब्रुअरी मध्यबाट दिनमा ३०० देखि ४०० को बीचमा संङ्क्रमित थपिने गरेको थियो । तर, गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो।

गत वर्ष नोभेम्बरदेखि केहि महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय भन्दा बढी देखिदै आएको थियो । दक्षिण कोरियाको राजधानी सोल र जिओन्गी प्रान्त वरपर सङ्क्रमित देखिदै आएका थिए । ती क्षेत्रहरुमा आयातित केसहरूले पनि प्राथमिता पाएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेको छ।

दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।