कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

कंगो र गुएनामा इबोलाका नयाँ संक्रमित भेटिएका छन् । पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको छ । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार यसबारे जानकारी दिएको हो ।

डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको मृत्यु भएको छ । कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको मृत्यु भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो  भने सात जनाको मृत्यु भएको थियो ।

सन् २०१४ मा पहिलो पटक पश्चिम अफ्रिकामा इबोला भाइरस पाइएको थियो । इबोलाबाट कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकन देशहरुमा यो भाइरका संक्रमित भेटिन थालेका छन् ।