नेपालमा सुनको भाउ बढ्यो, कति पुग्यो प्रति तोला ?

काठमाडौं । आज नेपालमा सुनको मूल्यमा बृद्धि भएको छ । मंगलबारको तुलनामा प्रति तोला ५ सयले बृद्धि भइ छापावाला सुन ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८५ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबारको तुलनामा चाँदी प्रति तोला २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रति १० ग्राम सुनको भाउ ७५ हजार २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ७४ हजार ६ सय ३५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
ताजा अपडेट

प्रवास खबर
टीका गुरुङ महिला सचिवमै दाेहाेरिने

प्रवास खबर
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

प्रवास खबर