डिजिटल बन्दै एनआरएनए, ८ एनसीसी ‘स्मार्ट एनआरएनए’ मा सूचिकृत

डिजिटल बन्दै एनआरएनए, ८ एनसीसी ‘स्मार्ट एनआरएनए’ मा सूचिकृत

लण्डन । गैरआवासीय नेपाली संघका ८ वटा राष्ट्रिय समिति ‘स्मार्ट एनआरएनए’ मा सूचिकृत भएका छन्।

गैरआवासीय नेपाली संघका अनुसार मंगलवारसम्म क्यानाडा, जापान, मलेसिया, न्यूजिल्याण्ड, सेसेल्स, दक्षिण अफ्रिका, स्वीजरल्याण्ड र अमेरिका ‘स्मार्ट एनआरएनए’ मा जोडिएका हुन् । मध्यपूर्वका अधिकांश देश स्मार्ट एनआरएनएमा जोडिने तयारीमा छन् ।

संघले विश्वभर छरिएका ८० भन्दा बढी देशलाई लक्षित गर्दै ल्याएको ‘स्मार्ट एनआरएनए’ सेवा ल्याएको हो।

स्मार्ट एनआरएनएको प्रयोगकर्ताले डिजिटल परिचयपत्र, व्यवसायीक प्रतिष्ठानमा डिस्काउण्ड, वैज्ञानिक सदस्यता वितरण प्रणाली, अनलाइन भोटिङ्ग सिस्टमलगायतका सुविधा प्राप्त गर्ने संघका सचिव गौरीराज जोशीले जनाए।

यसैबीच गैरआवासीय नेपाली संघ यूकेले समेत ‘स्मार्ट एनआरएनए’ मा जाने तयारी गरेको छ । संघकी अध्यक्ष पुनम गुरुङका अनुसार संघले पहिलो चरणमा काठमाण्डौंस्थित सचिवालयको आइटी टिमसँग कन्सल्टेशन गरिसकेको छ ।

आगामी केही हप्ताभित्र यूकेमा समेत स्मार्ट एनआरएनको सेवा उपलब्ध हुनेछ।