इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका विश्वका छैटौं सेलिब्रेटीमा विराट कोहली

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका विश्वका छैटौं सेलिब्रेटीमा विराट कोहली

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका विश्वको छैंटौं सेलिब्रेटी बनेका छन् ।

इन्स्टाग्राममा विश्वमा सर्वाधिक फलोअर्स युभेन्ट्सका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको छ । रोनाल्डोको २ सय ६६ मिलियन फलोअर्स छन् । २ सय २४ मिलियन फलोअर्स रहेका अमेरिकन गायिका एरियाना ग्रान्डे दोस्रो स्थानमा छिन् ।

तेस्रो स्थानमा भने २ सय २० मिलियन फलोअर्स रहेका पूर्व डब्लू डब्लू डब्लू सुपर स्टार ड्वेन जोहनसन रहेका छन् । बार्सिलोना लिओनल मेस्सीको १ सय ८७ मिलियन र पेरिस सेन्ट जर्मेनका नेयमारको १ सय ४७ मिलियन फलोअर्स छन् ।

कोहली इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका विश्वका छैटौं सेलिब्रेटी हुन् । विराटको फेसबुकमा ३६ मिलियन र ट्वीटरमा ४०.८ मिलियन फलोअर्स छन् ।