साउदीस्थित नेपाली दूतावासद्वारा कामदार मागपत्र प्रमाणीकरण काम स्थगन

साउदीस्थित नेपाली दूतावासद्वारा कामदार मागपत्र प्रमाणीकरण काम स्थगन नेपाली राजदूतावास रियाद

रियाद । साउदीको रियादमा रहेको नेपाली दूतावासले कामदार मागपत्र प्रमाणिकरण काम स्थगन गरेको छ । दूतावासले सूचना जारी गर्दै केहीदिनका लागि मागपत्र प्रमाणिकरण का स्थगन गरेको जनाएको छ ।

‘प्रमाणिकरण भइ राजश्व भुक्तानी भइसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएकाले मागपत्र प्रमाणिकरणको काम २ मार्चदेखि १० मार्चसम्मका लागि स्थगित गरिएको छ,’ दूतावासको सूचनामा भनिएको छ ।

त्यसैगरि मागपत्र प्रमाणिकरण भइसकेका तर, राजश्व भुक्तानी गर्न बाँकी रहेका रोजगारदाता कम्पनीहरुले राजश्व भुक्तानी गरेर आफ्ना प्रमाणित कागजात लैजान समेत दूतावासले उक्त सूचनामार्फत अनुरोध गरेको छ ।