नेपालमा सुनको मुल्यमा उच्च गिरावट

नेपालमा सुनको मुल्यमा उच्च गिरावट

काठमाडौं। नेपालमा मंगलबार सुनको मुल्यमा उच्च अङ्कले गिरावट भएको छ । केही समयदेखि अस्थिर रहेको सुनको भाउ आज मंगलबार तोलाको १ हजार ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुुन तोलामा ८७ हजारमा कारोबार हुनेगरि मुल्य निर्धारण भएको हो । सोमबार छापावाल सुन तोलामा ८८ हजार ७०० मा कारोबार भएको सुनको मुल्य मंगलबार भने घटेको हो ।

त्यस्तै तेजावी सुन तोलामा ८६ हजार ५५० मा कारोबार हुने गरी मुल्य निर्धारण गरिएको छ । सोमबार तेजावी सुन तोलामा ८८ हजार २५० मा कारोबार भएको थियो ।

त्यसैगरी सोमबार एक हजार ३३० मा कारोवार भएको चाँदी आज तोलामा रु ४० ले घटेर तोलामा एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।