गौतम बुद्ध रंगशालाको आम्दानी र खर्च विवरण सार्वजनिक

गौतम बुद्ध रंगशालाको आम्दानी र खर्च विवरण सार्वजनिक

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको आम्दानी र खर्च विवरण सार्वजनिक भएको छ । फाउन्डेसनले सोमबार चितवन भरतपुको शान्तिपुरमा निर्माण भइरहेको रंगशालाको सम्पूर्ण विवरण सार्वजनिक गरिएको हो ।

रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । जसमध्ये हालसम्म रंगशाला निर्माणमा ४३ करोड ४८ लाख खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ४३ करोड खर्च हुँदा ३२ करोड ३० लाख २४ हजार संकलन भएको छ । फाउन्डेसन ११ करोड १७ लाख ८२ हजार ऋणमा रहेको छ । ऋणको कारण अपेक्षित रुपमा निर्माण कार्य अघि बढाउन नसकिएको फाउन्डेसनले जनाएको छ ।

परियोजना निर्माणको कुल लागत रकमको ९.१० प्रतिशत संकलन भएको छ । मुख्य क्रिकेट खेल मैदानको ८५ प्रतिशतक काम सम्पन्न भएको र प्याराफिटतर्फ काम ३० प्रशितक सकिएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले आर्थिक सहयोग जुटाउन हाम्रो रंगशालामा मेरो कुर्सी अवधारणा सार्वजनिक गरिएको छ । यस अभियान अन्तर्गत प्रत्येक ब्यक्ति, संस्था र समूहले आ आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् ।

एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । मोबाइल एप्स, फेसबुक र अन्य संचार माध्यमहरु मार्फत एक महिनाभित्र सार्वजनिक रुपमा उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्व संकल हुने अपेक्षा गरेको छ ।

हालसम्मको आम्दानी
हालसम्मको खर्च