नेपालमा सुनको भाउ बढ्यो

नेपालमा सुनको भाउ बढ्यो

काठमाडौं । आज नेपालमा सुनको मूल्य बृद्धि भएको छ । आइतबार प्रति तोला ८८ हजार ३ सय रुपैयाँमा कारोबर भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुन प्रति तोला ४ सयले बढेर ८८ हजार २ सय ५० रुपैयाँमा कारोबर भैरहेको छ ।

यसैगरी आज चाँदी प्रति तोला १३ सय ३० रपैयाँमा कारोबार भैरहेको छ । आइतबाराको तुलनामा चाँदीमा प्रतितोला ५ रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ६६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४० रुपैयाँ कायम गरेको छ ।