एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कोरोना खोप अमेरीकामा स्वीकृत

एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कोरोना खोप अमेरीकामा स्वीकृत

वासिङटन । अमेरीकाले जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोरोनाको औषधी प्रयोगमा स्वीकृत दिएको छ । अमेरीकी औषधि नियामक संस्था एफडीले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनलाई स्वीकृत दिएको हो ।

जोन्सन एण्ड जोन्सनलाई स्वीकृति दिनेमा अमेरिका पहिलो देश बनेको छ । अन्य खोपको तुलनामा यो खोप सस्तो रहेको जनाएपनि मूल्य भने सार्वजनिक भैसकेको छैन । अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ भने बेलायत लगाएत देशहरुले पनि खरिदको प्रक्रिया थालेको जनाइएको छ ।

एक पटक मात्रै लगाए हुने यो खोप साधारण फ्रिजमा समेत भण्डारण गर्न सकिने जनाएको छ । फाइजर र मोर्डनको खोप भण्डारण गर्न डिप फ्रिजको आवश्यकता पर्दछ । साथै यी खोपलाई २ मात्रा लगाउनुपर्ने हुन्छ ।

यससँगै अमेरिकामा ३ वटा कम्पनीको भ्याक्सिन प्रयोगमा आएको छ ।