अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरीकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको आजको मुद्रा विनिमय दर अनुसार अमेरीकी डलर एकको खरिदर ११७ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ ।

शुक्रबार भने एक डलरको खरिददर ११५ रुपैयाँ ५७ पैसा रहेको थियो । साथै बिक्रिदर ११६ रुपैयाँ १७ पैसा रहेको थियो ।

यसैगरी आज कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । साथै युएइ दिराम एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८ पैसा रहेको छ ।