सेसेल्स सरकारको कोरोना राहत कोषमा एनआरएनएको सहयोग

सेसेल्स सरकारको कोरोना राहत कोषमा एनआरएनएको सहयोग

सेसेल्स । अफ्रिकी देश सेसेल्स सरकारको कोरना राहत कोषमा एनआरएनए एनसीसी सेसेल्सले ४० हजार सेसेल्स रुपैया ( ने.रु दुई लाख चालीस हजार ) सहयोग गरेको छ ।

सेसेल्सका स्वास्थ्य मन्त्री पेग्गी भिगेडको उपस्थितिमा स्वास्थ्य बिभागकी उपनिर्देशक क्याथलिन सेसीललाई एनआरएनए एनसीसीका अध्यक्ष रामप्रसाद पन्तसहित मनोज विक र रोजमेरी राईले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

पुर्वी अफ्रिका स्थित सयौ टापुहरुको देश सेसेल्सको पर्यटनलगायतका व्यवसायमा नेपालीहरु कार्यरत छन । कर्म दिने देशलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट सेसेल्समा रहेको नेपाली समुदायलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।