विहिबार नेपाली बजारमा कुन देशको मुद्रा कतिमा कारोबार हुँदैछ ?

विहिबार नेपाली बजारमा कुन देशको मुद्रा कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रि मूल्य ११६ रुपैयाँ २ पैसा रहेको छ ।

साथै युरो एकको खरिददर १४० रुपैयाँ रहेको छ भने बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी पाउन्ड एककोे खरिददर १६३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर १६४ रुपैयाँ ८ पैसा रहेको छ ।

यसैगरी दिराम एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।