दोहास्थित दूतावासले मेनपावर कम्पनीलाई दिने सेवा शुल्क नतोकिएको मागपत्र प्रमाणीकरण नगर्ने

दोहा । कतारको दोहामा रहेको नेपाली दूतावासले नेपालबाट श्रमिक माग गर्दा नेपालका मेनपावर कम्पनीलाई उपलव्ध गराउने सेवा शुल्क उल्लेख नगरिएको मागपत्र प्रमाणीकरण नगर्ने जनाएको छ । सोमबार कतार स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको बताएको छ।
दूतावासले जनाएअनुसार आगामी १ मार्चदेखि मागपत्र प्रमाणीकरण गर्दा नयाँ नियम लागू हुनेछ।
अब नेपालबाट नयाँ कामदार माग गर्ने कतारका रोजगारदाता कम्पनीले नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क अनिवार्य रुपमा उपलब्ध गराउने गरि मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्नेछ।
सेवा शुल्क सम्बन्धि प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने दूतावासले जनाएको छ ।
धन्य छ यो नियम पारित गर्ने जो हुनुहुन्छ उहाँको लागि सधै उहाँको भलाई होस हाम्रो तर्फबाट