इजरायलमा नेपाली महिलाको हृदयघातका कारण निधन

इजरायलमा नेपाली महिलाको हृदयघातका कारण निधन

तेलअबिब । वैदेशीक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी साबित्रा लुइँटेलको मृत्यु भएको छ । उनी नेपालमा झापा निवासी हुन्।

हृदयघात पश्चात उपचारको क्रममा इजरायलको एक अस्पतालमा उनको मृत्यु भएको हो।

समाज सेवासँगै साहित्यमा झुकाव भएकी उनी एनआरएनए इजरायलको निवर्तमान कोषाध्यक्ष समेत थिइन्।

लुइँटेलको असामायकि निधनप्रति एनआरएनए इजरायलले शोक व्यक्त गरेको छ।

त्यस्तै उनको निधनप्रति प्रवासमा रहेका साहित्यप्रेमिहरुले पनि दुःख व्यक्त गरेका छन् ।