‘बी’ डिभिजन लिग फुटबल आजबाट सुरु

‘बी’ डिभिजन लिग फुटबल आजबाट सुरु Football.

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएको छ ।

कोभिड १९ का कारण गत वर्ष चैत ५ गतेबाट ‘बी’ डिभिजन लिग स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच हुनेछ । दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।