यसरी खुल्दैछ बेलायतमा लकडाउन

यसरी खुल्दैछ बेलायतमा लकडाउन

सोमबार बेलुका देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा जुन २१ देखि लकडाउनको अन्त्य हुने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार गरेको घोषणाअनुसार पहिलो चरणमा मार्च पहिलो साता देखि स्कुलहरु खुलाइनेछ।

यस्तो छ क्यालेण्डर
मार्च ८ देखि
– स्कुल खुल्ला हुने
– केयर होमका बासिन्दालाई आफन्त भेट्न दिइनेछ।
– आउटडोर रुपमा दुई जनासम्मले भेट्ने
– चिया, कफी लिने वा पिकनिक गर्ने छुट

मार्चको २९ देखि
– आउटडोर (पार्क, प्राइभेट गार्डेन) ६ जनासम्म भेट्न पाइने
– दुई परिवारको जमघटलाई अनुमति
– टेनिस, बास्केटबल लगायत आउटडोर खेलस्थल सुचारु
– स्थानिय रुपमा अहिले लगाइएको यात्राको रोक फुकुवा

अप्रिल १२ देखि
– अत्यावश्यकबाहेकका सबै ‘रिटेल’ व्यवसाय सुचारु
– जीम, हेयर ड्रेसरदेखि लाइब्रेरी, म्युजियम, बियर गार्डेन, थिम पार्क खुल्ला
– पब, रेष्टुरेन्टले ‘टेकवे’ का साथै आउटडोर सेवा सुचारु
– अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जना भेट्न मिल्ने

मे १७ देखि

– सामाजिक सम्पर्क माथिका अधिकांश बन्देज
– पब, रेष्टुरेन्ट लगायतको हस्पिटालिटी सुचारु
– आउटडोर ६ जनासम्मको जमघट हुन सक्ने
– ३० जनासम्मको जमघटलाई छुट
– खेलकुदका इभेन्टहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउने

जुन २१ देखि
– इंग्ल्याण्ड लकडाउनमुक्त हुनेछ ।