नेपालका लागि नयाँ जापानी राजदूतमा किकुता

नेपालका लागि नयाँ जापानी राजदूतमा किकुता नेपालका लागि नवनियुक्त राजदूत किकुता युताका

टोकियो । जापानले नेपालका लागि नयाँ राजदूतमा किकुता युताकालाई पठाउने भएको छ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको कार्यकाल सकिएपछि जापान सरकारले किकुतालाई नयाँ राजदूतमा नियुक्त गरेको हो ।

युकातासँग यसअघि अफ्रिकी मुलक नाइजेरियामा राजदूतकाे जिम्मेवारी सम्हालेकाे अनुभव छ । त्यस्तै उनले दिल्लीस्थित जापानी दूतावासमा उपनियोग प्रमुखका रुपमा पनि काम गरेका थिए ।

युताकाले हिताृचसबासी विश्वबिद्यालयमा आफ्नो अध्ययन पूरा गरेका थिए । उनी युताका सन् १९८४ मा परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका थिए ।
उमेरले ५९ वर्ष टेकेका उनी जापानको फुकुसिमा प्रिफेक्चरमा जन्मिएका हुन् ।