मेलम्ची खानेपानीको सुरुङ परिक्षण हुँदै

मेलम्ची खानेपानीको सुरुङ परिक्षण हुँदै

काठमाडौं । मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङ परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गर्न लागिएको हो ।

आयोजनास्थल मेलम्चीमा औपचारिक कार्यक्रम गरी पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।

गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । परिक्षण्को क्रममा हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदानमा चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेका थिए। बिशेषज्ञ टोलीको निरीक्षणबाट आएको सुझाबलाई समावेश गरि पुन परिक्षणको तयारी गरिएका आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यस पटक विशेष सतर्कता अपनाएको खत्रीलेको भनाई छ । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए।



No ads found for this position