प्रत्यक्ष निर्वाचनको तयारीमा जुट्दै एनआरएनए क्यानाडा

प्रत्यक्ष निर्वाचनको तयारीमा जुट्दै एनआरएनए क्यानाडा

टोरान्टो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद् (एनआरएनए/एनसीसी) क्यानडाले ससर्त निर्वाचन प्रणालीमा जाने तयारी गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै प्रत्यक्ष निर्वाचनमा जानका लागि ५ सदस्यीय अध्ययन समिति समेत गठन गरिएको जनाएको छ।

गत साता बसेको बोर्ड बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निर्णय गरेको हो । अध्ययन समितिले प्रत्यक्ष निर्वाचन प्रणालीको विषयमा अध्ययन गर्नेछ । समितिले ४५ दिनभित्र स्थानिय समुदायसँगको प्रत्यक्ष अन्तरक्रियामार्फत राय संकलन गरि प्रतिवेदन तयार पार्ने जनाइएको छ।

अध्ययन समितिको संयोजकमा अनररी काउन्सील मेम्वर चन्द्र राइ रहेका छन । त्यस्तै सदस्यमा नवराज गुरुङ र केदार बस्नेत रहेका छन् । बाँकी दुई जना सदस्याको नाम भने छिट्टै टुङ्गो लगाइने बताइएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीको विषयमा बोर्ड सदस्यहरुबीच पनि छलफल भइरहेको संघले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदन र बोर्डबाट आएको निष्कर्षलाई आधार बनाइ निर्वाचन प्रणालीको मोडालिटी तयार पारिने बोर्डले जनाएको छ।

साथै फेब्रुअरी तेस्रो साताबाट सदस्याता खुलाइ ८ हजार सदस्य बनाउने एनआरएनए क्यानाडाको तयारी रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।