दुईदिनमै उल्टियो कुवेत सरकारको निणर्य, नेपाली श्रमिक तत्काल आउन नपाउने

दुईदिनमै उल्टियो कुवेत सरकारको निणर्य, नेपाली श्रमिक तत्काल आउन नपाउने कुवेत सिटी

कुवेत । नेपाली श्रमिक तत्काल कुवेत आउन नपाउने भएका छन् । दुईदिनअघि विदेशी नागरिकलाई सिधा उडानबाट कुवेत प्रवेश गर्न दिने निणर्य गरेको कुवेत सरकारको निणर्य दुईदिनमै उल्टिएपछि नेपाली श्रमिक कुवेत आउन नपाउने भएका हुन्।

यहाँको सरकारले शनिवार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै विदेशी नागरिकको प्रवेशमा फेरि रोक लगाएको जनाएको छ । अर्को सूचना जारी नभएसम्म विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार कुवेत सरकारले २१ फेब्रुवरी आइतबारदेखि विदेशी नागरिक सिधा उडानबाट कुवेत प्रवेश गर्न पाउने निर्णय गरेको थियो । तर, कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि यहाँको सरकारले आफ्नो निर्णय उल्टाउँदै शनिवारदेखि पुनः प्रतिवन्धको घोषणा गरेको स्थानीय सञ्चार संस्था अरब टाइम्सले जनाएको छ ।

कुवेती नागरिकले भने कुवेत प्रवेश गर्न पाउनेछन् । उनीहरुले प्रवेश गरेको एक हप्ता संस्थागत र अर्को एक हप्ता घरमै क्वारेन्टिन बस्नुपर्नेछ ,

 



No ads found for this position