चिकित्सक परामर्श शुल्क वृद्धिमा मन्त्रालय सहमत छैन : स्वास्थ्य प्रवक्ता

चिकित्सक परामर्श शुल्क वृद्धिमा मन्त्रालय सहमत छैन : स्वास्थ्य प्रवक्ता

काठमाडौं । नेपाल चिकित्सक संघ र एफिनले बृद्धि गरेको चिकित्सक परामर्श शुल्कमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमती जनाएको छ । संघले एकतर्फी रुपमा गरेको निर्णयमा मन्त्रालय सहमत नभएको भन्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विज्ञप्ती जारी गरेका छन् ।

४ माघमा मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग संघले परामर्श शुल्क बृद्धिबारे सम्झौता गरेको थियो । उक्त सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा संघ र एफिनद्धारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको सहमति नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोभिड–१९ को संक्रमण र यसले निम्त्याएको आर्थिक सिथिलतालाई दृष्टिगत गर्दै परामर्श शुल्क वृद्धिमा कुनै निर्णय नभएको विज्ञप्तिमा लेखिएको छ । निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा, शुल्क र परामर्श शुल्क परिमार्जनबारे छलफल गर्न मन्त्रालय तयार रहेको विज्ञप्तीमा जनाइएको छ ।