दैनिक मनतातो दूधको सेवनमा फाइदा नै फाइदा, महिलाको लागि झन उपयोगी

दैनिक मनतातो दूधको सेवनमा फाइदा नै फाइदा, महिलाको लागि झन उपयोगी

मानव स्वास्थ्यका लागि दूधको सेवन अत्ति उत्तम मानिन्छ । यसमा भएको प्रोटिन, फ्याट, क्यालोरी, क्याल्सियम, भिटामिन डी, बी–टु, बी–१२, पोटासियम, फस्फोरस र सेलेनियमजस्ता पोषक तत्वले आहारको गुणस्तर बढाउँछ । दुधलाई तातो बनाएर पिउने हो भने यसको गुणस्तरमा अझ बृद्धि हुन्छ ।

तातो दुधलाई कुनै पनि समय पिउन सकिन्छ । दूधलाई स्वादिष्ट बनाएर पिउने हो भने मसलाको प्रयोग गर्न सकिन्छ । तातो दुधको प्रत्येक कपमा लगभग १२ ग्राम प्राकृतिक चिनी हुन्छ, जसले तपाईंको मांसपेशी र मस्तिष्कलाई शक्ति दिन्छ । साथै ८ ग्राम पूर्ण प्रोटिन हुन्छ जसमा सबै अमिनी एसिड हुन्छ । यसले तपाईंको मांसपेशीलाई शक्ति दिन्छ । दुधले शरीरको ऊर्जामा पनि वृद्धि गराउँछ । मनतातो दुध पिउनुका फाइदा के के छन् ?

ब्लड सुगर नियन्त्रित हुन्छ

सुत्नु अघि चिनी नहालिएको एक कप मनतातो दुध पिउनुहोस् । यसले ब्लड सुगरको स्तरलाई प्रबन्ध गर्न मद्दत मिल्छ, मुख्य रुपमा टाइप–वान डायबिटिज । जसको ब्लड सुगरमा उतारचढाव हुन्छ, उनीहरुले यो गर्नैपर्छ ।

मिठो निद्रामा सघाउ

तातो दुधले तपाईंको मन र शरीरलाई आराम दिन मद्दत गर्छ । बेडमा जानुभन्दा अघि एउटा तातो दुधको सेवनले मिठो निद्रा पर्न सहयोग गर्छ । यस्तो ट्रिप्टोफेन नामको पदार्थको उपस्थितीका कारण हुन्छ ।

तौल घटाउन मदत गर्छ

एक गिलास मनतातो दुध, विशेष रुपमा सुत्ने बेलामा पिउँदा पेट लामो समयसम्म भरिने हुन्छ । यसले तपाईंलाई अबेर राती अस्वस्थकर खानाबाट जोगाउँछ जसले तौल बढाउने काम गर्छ ।

महिलाको हड्डी बलियो बनाउँछ

तातो दुध पिउँदा दुधमा भएको पोषण थप बढ्छ । तताउने प्रक्रियामा दुधमा भएको इन्जाइम सक्रिय हुन्छ र ती शरीरद्वारा अवशोषित हुन्छन् जसले हड्डीको घनत्वमा सुधार ल्याउने काम गर्छ । तातो दुध पिउँदा हड्डीको घनत्वमा सुधार आउँछ । तातो दुध पिउँदा हड्डीसँग सम्बन्धित रोग जस्तै अस्टियोपिनिया, अस्टियोपोरोसिस र फ्र्याक्चरको खतरा कम हुन्छ ।

दाँतलाई बलियो बनाउँछ

यदि तपाईं दाँत दुख्ने र सासको दुर्घन्धबाट तनावमा हुनुहुन्छ भने दैनिक तातो दुध पिउँदा वास्तवमै मद्दत मिल्छ । दुधले तपाईंको दाँतलाई बलियो बनाउँछ जसका कारण दाँत खराब हुने खतरा कम हुन्छ । दुधमा बायोएक्टिव कम्पोनेन्ट हुन्छ, जसले सूक्ष्मजीव बढ्नबाट रोक्छ ।

यदि तपाईं केही विशेष मसाला राखेर पिउन चाहनुहुन्छ भने यसले दुधको प्रभावकारीतालाई थप बढाउने गर्छ । तपाईंको पाचन दुरुस्त रहन र प्रतिरक्षा बढाउनका लागि तातो दुधलाई २ चिम्टी बेसार हालेर पिउनुहोस् । दालचिनी र अदुवाजस्तै बेसारमा पनि लाभकारी एन्टिअक्सिडेन्ट हुन्छ । यसले इन्फ्लेमेसन हटाउन मद्दत गर्छ ।