विदेशबाट फर्किएका युवा अर्काकी श्रीमती र छोरा लिएर फरार

विदेशबाट फर्किएका युवा अर्काकी श्रीमती र छोरा लिएर फरार बैङलोरमा रोहनले काम गर्ने गाइ फर्म

कैलाली । भारतमा रोजगारी गरेर छुट्टी मनाउन नेपाल आएका एक युवाले अर्काकी श्रीमती र बच्चा लिएर फरार भएका छन्। भारतको बैङलोरबाट विदा मनाउन घर आएका रोहन खड्काले दिनेश मल्लकी श्रीमती सरिता मल्ल र उनको १ वर्षे छोरा समेतलाई लिएर फरार भएका हुन । मल्ल परिवार गोदावरी नगरपालिका-१ कैलालीमा बस्दै आएको थिए ।

सरिताले ४ लाख ६५ हजार रुपैंया नगद र २ तोला सुन पनि लगेको खुलेको छ । ६ पुस ०७७ मा सरितो पुस १५ मनाउन परिवारको सरसल्लाहमै माइत गएकी थिइन् । सरिताका श्रीमानले बेलाबेलामा पैसा दिइरहेका थिए । उनको पारिवारिक सम्बन्ध पनि राम्रो थियो । दिनेशले ८ माघ मा काठमान्डौँ आएर धेरैपटक फोन गर्दा पनि फोन नउठेपछि घर फर्कदा सुन र नगद सहित श्रीमती लिएर रोहन फरार भएको थाहा पाएको बताएका छन् । १५ पुसको पर्व सकिएपछि सरितालाई घर बोलाउँदा एकैपटक माघ मनाएर आउने भनि धनगढीस्थित माइत बसेकी थिइन ।

बैंङलोरमा काम गर्दै आइरहेका खड्का छुट्टीमा नेपाल आएका थिए । छुट्टी मनाएर नेपालबाट फर्किने क्रममा खड्काले अर्काकी श्रीमती,बच्चा र सुन सहित नगद पैसा लगेर भारत गएको दिनेशका काका चक्र मल्लले बताए।

मल्ल परिवारले बैङलोर प्रहरीमा समेत उजुरी दर्ता गरेको छ । उजुरी लगत्तै खड्का काम गर्ने कम्पनीमा प्रहरीले चेकजाच गर्न जाँदा खड्काले फेला पार्न सकेको छैन । खड्का बैङलोरस्थित गाई फर्ममा काम गर्दै आइरहेका थिए । १८ वर्षका खड्काले पैसाको लोभमा अर्काको श्रीमती लिएर फरार भएको पारिवारिक स्रोतको दावी छ।