अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न नपाउने
अस्ट्रेलिया । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकमार्फत समाचार सेयरमा रोक लगाइएको छ । अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनबारे विवाद भएकोले अस्ट्रेलियाली प्रयोगकर्ताले फेसबुक मार्फत समाचार सेयरमा प्रतिबन्ध लगाइएको बिबिसिले जनाएको छ ।
प्रस्तावित कानुन अनुसार गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूले अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्नुपर्ने छ ।
अस्ट्रेलियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार पेजहरु फेसबुकले बन्द गरिसकेको बिबिसिमा उल्लेख छ । यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो।
ताजा अपडेट
प्रवास खबर
रानीपोखरीमा टीका लगाउनेहरुकाे भीड
प्रवास खबर
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
प्रवास खबर
आज भाइटीका, कति बजे छ टिकाको उत्तम साइत ?
प्रवास खबर
यमपञ्चक चौथो दिन : गाई पूजा गरिँदै
प्रवास खबर