भागरथीको हत्यारा सार्वजनिक

भागरथीको हत्यारा सार्वजनिक

काठमाडौं । बैतडी दोगडाकेदारका १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्याको आरोपमा मंगलबार राति पक्राउ परेका दिनेश भट्टलाई बैतडी प्रहरीले बुधबार दिउँसोे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

दोगडाकेदार गाउँपालिका ७ चडेपानीलमकट्टेका १६ वर्षिय दिनेश भट्टले भागरथीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । उनलाई गएराति प्रहरीले पक्राउ गरेको थियो  । माघ २१ गते विद्यालय गएकी भागरथी २२ गते घर नजिकैको लबलेक जंगलमा मृत भेटिएकी थिईन् ।

सनातन माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले विद्यालयबाट फर्किने क्रममा भागरथीको हत्या गरेको प्रहरीले जनाएको छ । भागरथीको शरीरमा निलडाम र चोटपटक भेटिको थियो ।