जापानमा कलेज पढ्ने छात्रालाई बसभित्र यौन दुर्व्यवहार गरेको आरोपमा नेपाली युवा पक्राउ

जापानमा कलेज पढ्ने छात्रालाई बसभित्र यौन दुर्व्यवहार गरेको आरोपमा नेपाली युवा पक्राउ

टोकियो । जापान प्रहरीले एक नेपाली युवालाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । २० वर्षीया कलेज पढ्ने जापानी छात्रामाथि बसभित्र यौन दुव्र्यवहार गरेको आरोपमा ती युवालाई पक्राउ गरिएको स्थानीय याहू न्यूजले जनाएको छ ।

गिफु केन प्रहरीका अनुसार पक्राउ परेका ती नेपाली युवा ३३ वर्षीय हुन् । उनले प्रहरीसमक्ष आफूले रेष्टुरेण्टमा काम गर्दै आएको बताएका छन्।

१६ फेब्रुवरीमा गिफु किता प्रहरिले ती नेपाली युवालाई पक्राउ गरेको थियो। पक्राउ परेका नेपालीको परिचय खुलाइएको छैन।

युवतीले पक्राउ परेका नेपाली युवालाई १५ तारिख साँझ गिफू शहरमा चलिरहेको रुट बसभित्र आफ्नो छातीमा समाएको आरोप लगाएकी छिन्।

युवतीले बसका चालकलाई तत्काल आफूमाथि दुर्व्यवहार भएको गुनासो गरेकी थिइन् । लगत्तै ११० मा प्रहरीलाई फोन गरेर आफूमाथि दुर्व्यवहार भएको भन्दै परिचय नखुलाइएकी युवतीले उजुरी दिएपछि नेपाली युवा पक्राउ गरिएको हो ।

आफूमाथिको आरोप बारेमा पक्राउ परेका नेपालीले दिएको प्रतिक्रिया वा जवाफबारे समाचारमा केही खुलाइएको छैन ।