बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ

बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं । बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।बस्नेतले सपनासँगै काठमाडौंमा बेवारिसे शव जलाउँदै आएका थिए।

सपनाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।