आइओएमकी नेपाल प्रमुख ल्याण्डो र एनआरएनएका अध्यक्ष पन्तबीच भेटवार्ता

काठामाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) की नेपाल प्रमुख लोरेना ल्याण्डोसँग विशेष भेट गरेका छन् ।
सोमबार भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष पन्तले प्रवास खबरलाई जानकारी दिए।
‘भेट विशेषत: दुवै संस्थाकाबीच आगामी दिनमा के कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो,’ पन्तले भने, ‘वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकको हितका लागि अन्य सरोकारका क्षेत्रमा रणनीतिक साझेदारीका विषयमा पनि छलफल भएको छ ।’ छलफल सकरात्मक भएको पन्तको भनाइ छ ।
छलफलमा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका तर्फबाट कार्यक्रम संयोजक राजेन्द्र कुमार राउत पनि सहभागी थिए ।