जापानमा गएको शक्तिशाली भूकम्पमा नेपाली सुरक्षित

भौतिक संरक्षनामा व्यापक क्षत्ति, सयौँ बढी घाइते

जापानमा गएको शक्तिशाली भूकम्पमा नेपाली सुरक्षित

टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पबाट यहाँ रहेका नेपाली सुरक्षित रहेका छन् । हालसम्म जापानामा रहेका नेपालीलाई कुनै पनि क्षत्ति नभएको प्रारम्भिक रिपोर्ट आएको छ ।

स्थानीय समय अनुसार शनिबार राति ११ बजेर ७ मिनेटमा उत्तरी पूर्वी जापानमा ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पबाट सुनामीको खतरा उत्पन्न नभएपनि हालसम्म १०० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।

विवरण अनुसार १०६ जना घाइते र ६ जना गम्भिर घाइते भएका छन् ।

जापानको मौसम एजेन्सीको विश्वास छ कि यो भूकम्प सन् २०११ मा यस क्षेत्रमा आएको बिनासकारी ठूलो भूकम्पको एक पराकम्पन थियो ।

एजेन्सीका वरिष्ठ संयोजक कामाया नोरिकोका अनुसार  भूकम्पले प्रभावित क्षेत्रहरूमा घर भत्किने र पहिरो जाने खतरा बढेको छ ।

अधिकतम ६ म्याग्निच्युडको पराकम्पन आउनसक्ने भएकाले मानिसहरूलाई सतर्क हुन दिइएको छ । आगामी हप्तादिनसम्म यसको लागि बढी जोखिम रहेको बताइएको छ ।

शनिबार राती ठूलो भूकम्प पछि फुकुशिमा प्रान्तको तट क्षेत्रमा भने पानीको सामान्य छाल बढेको बताइएको छ । अधिकारीहरूले मानिसहरूलाई अर्को झड्काहरु जाने उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह गरिरहेका छन् ।

भूकम्प मियागी र फुकुशिमा प्रान्तका चार नगरपालिकाहरूमा शून्यदेखि सात म्याग्निच्युड मापन गरिएको छ ।

मौसम एजेन्सीले फुकुशिमा प्रान्तको तटमा रहेको ५५ किलोमिटरको गहिराइमा भूकम्पको केन्द्र रहेको बताएको छ ।

जापानी सरकारले फुकुशिमा प्रान्तको सरकारी कार्यालयमा अधिकारीहरुलाई सहयोग गर्न एक सर्वेक्षण टोली पठाएको छ ।

प्रधानमन्त्री सुगा योशिहिदेले भूकम्प गएको केही घण्टापछि आइतवार बिहान सुनामीको कुनै खतरा नभएको बताएका थिए । सुगाले आणविक ऊर्जा केन्द्रहरुमा कुनैपनि समस्या नदेखिएको र नियमीत संचालनमा रहेको आश्वस्त गराएका थिए ।

भूकम्प प्रभावित फुकुशिमा र मियागी प्रान्तको केही स्थानमा ६४ वटा आपतकालिन आश्रय स्थल स्थापना गरिएका छन् । जहाँ २०० भन्दा धेरै मानिसहरुले आश्रय लिएका छन् ।

भूकम्पपछि ९ लाख भन्दा बढी घरहरुमा विद्युत् आपूर्ती अवरुद्ध हुन पुगेको थियो । आइतबार अपरान्ह अघि आधा भन्दा धेरै घरहरुमा विद्युत आपुर्ति सूचारु भईसकेको बताईएको छ ।

ईष्ट जापान रेलवेले तोहोकु शिनकानसेन बुलेट रेल सेवा नासुहिओबारा तोचिगी प्रान्त देखी मोरिओका स्टेशन ईवाते प्रिफेक्चर सम्मको रेल सेवा स्थगित भएको जनाएको छ ।

यामागाता शिनकानसेन र आकिता शिनकानसेनको मोरिओका र आकिता स्टेशन बिचमा पनि सेवा अवरुद्ध रहेको छ ।

फुकुशिमा र मियागी प्रान्तको करिव आधा दर्जन स्थानमा पहिरो तथा सडक मार्गमा क्षती पुग्दा आवागमन आशिंक वा पूर्ण रुपमा अवरुद्ध भएका छन् । सम्वन्धित अधिकारीहरुले बाहिरि यात्रामा निक्लनु अघि सवारी आगागमनको जानकारी लिएर मात्र यात्रामा निस्कन अनुरोध गरेका छन् ।