एनआरएनए केन्याद्वारा नैरोबी विमानस्थल अध्यागमनलाई मास्क सहयोग

एनआरएनए केन्याद्वारा नैरोबी विमानस्थल अध्यागमनलाई मास्क सहयोग

नैरोबी । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनलाइ मास्क सहयोग गरेको छ ।

एनआरएनए केन्याका सस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा अध्यागमन विभागकी केन्याकी उपनिर्देशक एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई सहयोग स्वरुप १० हजार थान हस्तान्तरण गरिएको हो।

कोरोना महामारी रोकथाममा टेवा पुर्याउने उद्देश्यले मास्क सहयोग गरिएको एनआरएनए केन्याले जनाएको छ । मास्क हस्तान्तरण कार्यक्रममा संघका महासचिव टीका धीताल, पूर्व आइसीसी सदस्य यादब काफ्ले, पूर्व अध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मीको सहभागी थिए।

सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्यालाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेकी थिइन् ।