‘महिला भिजिट भिसामा विदेश जाँदा सिफारिस चाहिनेबारे केही निर्णय भएको छैन’

‘महिला भिजिट भिसामा विदेश जाँदा सिफारिस चाहिनेबारे केही निर्णय भएको छैन’

काठमाडौं । अध्यागमन विभागले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको जनाएको छ।

विभागले बिहीवार एक विज्ञप्ति निकालेर महिलाहरु भिजिट भिसामा जाँदा परिवार र सम्बन्धित वडाको सिफारिस चाहिने विषय सञ्चारमाध्यममा आए जस्तो नभएको बताएको छ।

खाडी र अफ्रिकी देशजस्तो जोखिमयुक्त देशहमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारी समेत नभएका महिलाको सुरक्षाका विषयमा आन्तरिक छलफल भएको तर निर्णय नभइसकेको विभागको भनाइ छ।

विभागद्वारा जारी जिज्ञप्तिमा भनिएको छ, ‘उक्त विषय समाचारमा आएको जस्तो नभई खाडी र अफिकी मुलुक जस्ता जोखिम सम्भाब्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफनो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानविन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयका बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।’

आन्तरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषयलाई नबुझिकनैभ्रम फैलाउने गरी फिँजाएको भन्दै आपत्ति पनि जनाएको छ। यो विषयमा अधिकार र मौलिक हक कुण्ठित नहुने गरी निर्णय गरिने विभागले जनाएको छ ।