कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने सात नेपाली महिला पक्राउ

कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने सात नेपाली महिला पक्राउ कुवेत सिटी

कुवेत । कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने सात जना नेपाली महिला पक्राउ परेका छन् । सुरक्षा विभागले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा सात नेपाली पक्राउ परेका हुन् ।

महिला कामदारको लागि रोजगार प्रदान गर्ने बताइएको उक्त कार्यालयबाट महिला कामदारलाई बिध्यमान तलब भन्दा दोब्बर तलब दिने भनी प्रायोजकहरुबाट भाग्नको लागि उक्साउने गरेको पाइएको छ।

त्यसरी नक्कली कार्यालय संचालन गर्दै आएको गिरोहले लाइसेन्स प्राप्त रोजगारदाता कम्पनिमार्फत रोजगार प्राप्त गरेका कामदारलाई अन्य रोजगारदाता कम्पनीलाई वितरण गरे वापत अग्रिम भुक्तानी लिने गर्दथे।

त्यसरी नक्कली रुपमा कार्यालय चलाउँदै आएका सात जना नेपालीहरुसँगै केही महिला कामदारहरु र केही अनुमतिप्राप्त कार्यालयका प्रतिनिधिलाई समेत प्रहरीले गिरफ्तार गरेको छ। ‘अनुसन्धान जारी छ र थुनुवाहरुको बयान रेकर्ड गरिएको छ,’अल एन्बाले भनेको छ ।

त्यसरी भागेका कामदार गैरकानूनी (इल्लिगल) हुन्छन। गैरकानूनी कामदारहरुलार्इ जुनसुकै समय कुवेत प्रहरिले भेट्टाएमा पक्राउ गरि देश निकाला (डिपोर्ट) गरि आफ्नो देश पठाउने गरेको छ। त्यसरी देश फर्केकाहरुले ५ वर्ष सम्म कुवेत प्रवेश गर्न समेत पाउँदैनन।