एनआरएनए कोरिया र बुसान सेन्ट्रल हस्पिटलबीच एमओयू, उपचारमा नेपालीलाई ३० प्रतिशतसम्म छुट

एनआरएनए कोरिया र बुसान सेन्ट्रल हस्पिटलबीच एमओयू, उपचारमा नेपालीलाई ३० प्रतिशतसम्म छुट

सौल । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र बुसान सेन्ट्रल हस्पिटलबीच दक्षिण कोरियामा रहेका नेपालीको उपचारमा विशेष छुट गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार अब यहाँ रहेका नेपालीले यो अस्पतालमा उपचार गराउँदा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । यो अस्पताल हाड जोर्नी  र अंग प्रत्यारोपण तथा जोडमा दक्षिण कोरियामा परिचित रहेको सुवेदीको भनाइ छ । ‘एनआरएनए कोरिया र बुसान सेन्ट्ररल हस्पिटलबीच हिजो (सोमबार) एक एमओयू भएको छ,’ सुवेदीले प्रवास खबरसँग भने, ‘ हाड जोर्नी र औला काटेको, छिनेको जस्ता चोट पटकको उपचारका लागि यो स्पेसल हास्पिटल हो ।’

सुवेदीका अनुसार यहाँ रहेका नेपालीले एनआरएनएको सदस्यदा कार्ड देखाए सजिलै १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । यसबारेमा थप जानकारीको लागि एनआरएनए कोरियाको कार्यलय वा ख़्यङ सांङ्ग क्षेत्रिय समितिमा सम्पर्क गर्न अध्यक्ष सुवेदीले अनुरोध गरेका छन्।

एनआरएनए कोरियाको सदस्यता लिन इच्छुक नेपालीलाई नि:शुल्क सदस्यताको व्यवस्था गरेको पनि सुवेदीले बताए । यसका लागि कार्यालय सचिव वा पदाधिकारीसँग सम्पर्क गर्न सकिने उनको भनाइ छ ।