नेपाली बालबालिकाको सहयोगार्थ अमेरिकाबाट कार्की परिवारले गरे १ लाख डलर दान

नेपाली बालबालिकाको सहयोगार्थ अमेरिकाबाट कार्की परिवारले गरे १ लाख डलर दान

भर्जिनिया । अमेरिकामा नीको फाउण्डेसन स्थापना गरिएको छ । समाजसेवी अन्जु शर्मा कार्की र राजु कार्कीले पिछडिएका नेपाली बालबालिकाको सहयोगार्थ सामाजिक संस्थाको रुपमा फाउण्डेसन स्थापना गरेका हुन।

फाउण्डेसनकी अध्यक्ष अन्जु कार्कीले नेपालमा गैरनाफामुखी संस्थाका गतिविधिहरु प्रारम्भ गर्नका लागि आफूहरुले दान स्वरुप १ लाख डलर (झण्डै १ करोड १८ लाख नेपाली रुपैंया ) प्रदान गरेको एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकी छिन्।

अमेरिकामा मुख्य कार्यालय रहेको फाउण्डेसन यहाँको कर विभाग आइआरएसमा नाफारहित संस्थाको रुपमा काम गर्ने गरी सन् २०१९ मा दर्ता भएको बताइएको छ।

फाउण्डेसनको प्राथमिक उदेश्य विपन्न र आर्थिक रुपमा असक्षम भएका नेपाली बालबालिकाहरुलाई सहयोग प्रदान गर्ने अध्यक्ष कार्कीले बताइन।

फाउण्डेसनकी अध्यक्ष कार्कीले यस संस्थाको सहयोगी कदमले असहाय बनेर,पछौटेपनबाट ग्रसित ती पीडित बालबालिकाहरुलाई आफ्नो सपना प्राप्त गर्न पुुलको रुपमा काम गर्ने आशा ब्यक्त गरेकी छिन् । कार्की दम्पतीले यस अभियानमा सहयोग गर्न समुदायबाट पनि पूर्ण सहयोग र समर्थन रहेन अपेक्षा गरेकी छिन्।

फाउण्डेसनको अभियानलाई प्रत्यक्ष रुपमा दान गरेर,नेपाल वा अमेरिकामा स्वयंसेवक बनेर,कोष जुटाउने काम गरेर,नीको अभियानमा साझेदारी गरेर वा यसको अभियन्ता अथवा सल्लाहकार बनेर सहयोग गर्न अपिल पनि गरेका छन्।



No ads found for this position