नेपाली किशोरीको सामूहिक बलात्कारपछि हत्या,जबरजस्ती लाश जलाइयो ,घटना लुकाउन प्रहरी पनि संलग्न

नेपाली किशोरीको सामूहिक बलात्कारपछि हत्या,जबरजस्ती लाश जलाइयो ,घटना लुकाउन प्रहरी पनि संलग्न सांकेतीक तस्वीर

पटना,भारत । बिहारको पूर्वी चंपारण जिल्लाबाट एउटा नमिठो खबर छ । यहाँ १२ वर्षीया एक नेपाली बालिकामाथि सामूहिक बलात्कार गरिएको छ । अपराधिक तत्वले यतिमै चित्त बुझाएको देखिएन । उनीहरुले ती बालिकाको हत्या गरी लाश समेत जलाएका छन् ।

प्राथमिक अनुसन्धान र एउटा अडियोबाट प्राप्त संकेतले यो पुरै घटनामा स्थानीय थानाध्यक्षको सहयोग देखिएको छ । अहिले निकै भाइरल भएको अडियोबाट उक्त कुरा पुष्टि भएको हो । एसपी नवीनचंद्र झाले थानाध्यक्ष संजीवकुमार रंजनले लापवरवाही गर्नुका साथै कर्तब्यच्युत पनि भएको बीबीसीलाई बताएका छन् । उनले भनेका छन्, ‘ती थानाध्यक्षलाई निलम्बित गरिएको छ र अनुसन्धानको क्रममा दोषी देखिए उसको विरुद्घ एफआईआर दर्ता गरिने छ ।’

यस्तो हो घटना

नेपालको बर्दियाको बारबर्दिया नगरपालिकाका सुरेश (परिवर्तित नाम) गत ७ बर्षदेखि मोतिहारीको कुंडवा चैनपुरमा मजदूरी गर्दै आएका थिए ।

उनले बताए अनुसार,यो घटना २१ जनवरीको हो । त्यसबखत उनकी श्रीमती नेपालस्थित आफ्नो गाउँ गएकी थिइन् । घटनाको बेला सुरेशका छोरा केही कामले बजार गएका थिए ।

साँझ करिब ४ बजे छोरा डेरामा फर्किदै गर्दा घरबेटी सियाराम साहले उनका छोरालाई रोक्न खोजे । तर, घरबेटीको कुरा नकार्दै घर पुगेका उनले बहिनी घाइते भएर लडिरहेको देखे । त्यसपश्चात तुरुन्तै बुवालाई बोलाए । र, उपचारका लागि स्थानीय चिकित्सककहाँ लगियो । तर, त्यहाँ कसैले पनि आफ्नो छोरीको उपचार गर्न नमानेको सुरेशले बताए।

‘म घर पुग्दा छोरी भुईंमा लडिरहेको देखेँ । उसको घाँटीमा रातो खत थियो । मैले उसलाई छिटोछिटो उपचारका लागि स्थानीय चिकित्सककहाँ लगें । तर, उपचार गर्न कोही पनि अघि सरेन’,सुरेशले दुखेसो पोखे ।

बालिकालाई बलात्कार गरिएपछि बलात्कारीहरुले सुरेशमाथि लाश जलाउन दबाब दिएका थिए । अभियुक्तमध्यका एक देवेन्द्र कुमार साहले चाँडोभन्दा चाँडो लाश जलाउन र नमाने आफु र छोराको हत्या गरेर नेपालमा फ्याकिदिने धम्की दिएको सुरेशले बताएका छन्।

यसपछि सादा कागजमा सुरेशको बुढी औंलाको छाप लिइयो । रातीको १२ बजे बलपूर्वक पोखर रोडकोे किनारमा नुन र चीनी छरेर लाश जलाइयो । बिहानै झिसमिसेमा सुरेशलाई नेपालतिर धपाइयो।

१२ दिनपछि एफआईआर

२१ जनवरीमा भएको यो घटनाको विवरण २ फरवरीमा दर्ता गरिएको थियो । कुंडवा चैनपुरमा यो घटना दर्ता गरिएको छ । ११ जनालाई अभियुक्त बनाइएको छ । यसमध्य चार अभियुक्त विनय साह,दीपक कुमार साह,रमेश साह र देवेन्द कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । अन्य सात जनामध्ये घरबेटी सियाराम साह पनि संलग्न छन् । उनलाई लाशलाई जबरजस्ती जलाएर प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप छ ।

थानाध्यक्ष संजीव कुमार रंजन र अभियुक्त मध्यका एक रमेश साहबीच भएको अडियो अहिले भाइरल भइरहेको छ । दुईजनाबीचको कुराकानीमा थानाध्यक्ष संजीव कुमारले अभियुक्त रमेश साहलाई भनिरहेका छन्,‘ मलाई काठको ब्यवस्था गरिदेउ र रिपोर्टमा उक्त केटी जाडोले मरेको हो भनेर लेखाइदेउ ।’

एसपी नवीनचंद्र झाले बीबीसीलाई बताए,‘ यो मामिलामा दुई जना अभियुक्तलाई पक्राउ गरिसकिएको छ । अन्य अभियुक्तलाई पक्राउ गर्नका लागि एउटा टास्क फोर्स बनाइएको छ ।’
के भारतमा सबै मानिस यस्तै हुन्छन ?

यहाँकी सामाजिक कार्यकर्ता पुष्पा किशोरले पीडित परिवारसँग भिडियो कुराकानी गरेकी थिइन । यो भिडियो मार्फत पिडित परिवारले भनिरहेको छ,‘के भारतमा सबै मानिस यस्तै हुन्छन,यहाँका प्रहरी पनि यस्तै हुन्छन,हामीलाई न्याय चाहियो । उनीहरुले लाशलाई विधिवत गाड्न पनि दिएनन्,बाध्य पारेर जलाउन लगाइयो ।’

बीबीसी हिन्दी