भारतस्थित प्रवासी नेपाली संघमा नेकपा विवादको बाछिटा, ओली समूहले गर्यो पूर्व समितिमा फेरबदल

भारतस्थित प्रवासी नेपाली संघमा नेकपा विवादको बाछिटा, ओली समूहले गर्यो पूर्व समितिमा फेरबदल

नयाँ दिल्ली । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूहमा विभाजित नेकपा कानूनी रुपमा एक देखिए पनि दुई समूहमा विभाजित भई सकेको छ।

निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसलाले कुन समूहलाइ संबैधानिक मान्ने हो त्यो भने हेर्न बाँकि नै छ।

पार्टी मनोवैज्ञानिक रुपमा विभाजित भए सँगै यसको असर पार्टीको भारतमा रहेका जनवर्गीय संगठनमा पनि परेको छ । जस्तो कि पूर्व एमाले आवद्व प्रवासी नेपाली संघ भारत र पूर्व माओवादी (केन्द्र) नजिक अखिल भारत नेपाली एकता मञ्च पूर्णरुपका एकता नहुँदै विभाजनको अवस्थामा पुगेका छन्।

दुबै पक्ष आ–आफ्नो बैठकमा जुटेर नयाँ नेतृत्व छनौट गर्ने धपेडीमा देखिन्छन्।

यही क्रममा नेकपाभित्रको ओली निकट प्रवासी नेपाली संघ भारत समूहले आइतवार दिल्ली एनसीआरको नोएडा,उत्तर प्रदेशमा केन्द्रिय समितिको पाँचौ पूर्ण बैठक सम्पन्न गरेको छ।

बैठकले प्रवासी नेपाली संघ भारतको पुर्व समितिलाई फेरबदल गर्दै लोकनाथ भण्डारीको अध्यक्षतामा १३३ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ।

साथै केन्द्रिय समितिमा उपाध्यक्षहरुमा क्रमशः सीता अधिकारी,नारायण हुँमागाईं,रामचन्द्र भण्डारी,मोहन थापा र भीम मलाती रहेका छन् । त्यस्तै महासचिव टिका पौडेल, सचिवहरुमा क्रमशः बालुका बेलबासे, गिरिराज बेलबासे,छबिलाल भट्टराई,रामायण धमला,हेमा भट्टराई चयन भएका छन । कोषाध्यक्षमा रबी घिमिरे,सह–कोषाध्यक्षमा केशब अधिकारी र कार्यालय सचिवमा सुबास बस्नेत रहेको ३३ सदस्यीय सचिवालय र ९ सदस्यीय कार्यालय कमिटी समेत गठन गरिएको छ।

बैठकमा दिल्ली,हरियाणा,पञ्जाब,उत्तर प्रदेश, महाराष्ट्र,तमिलनाडु,पश्चिम बंगाल लगायतका राज्यबाट केन्द्रिय समिति र राज्य समितिका प्रतिनिधिहरुको उपस्थिती थियो ।

लोकनाथ भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण एसिया इन्चार्ज तिल विश्वकर्माको प्रमुख आतिथ्यता थियो । नेकपाका प्रस्तावित केन्द्रिय सदस्य तथा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सल्लाहकार हरि घिमिरेको सह–आतिथ्यता र महासचिव टिका पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘प्रवासी नेपाली संघ भारतका करिव ८५ प्रतिशतभन्दा बढी सदस्य हामी सँगै छन्, आउँदो दिनमा अझै बृहत बन्ने छ,’ अध्यक्ष लोकनाथ भण्डारीले बैठकलाई सम्बोधन गर्दै उक्त दावी गरे।

नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण एसिया इन्चार्ज तिल विश्वकर्माले भारत प्रवासका जनवर्गीय संगठनलाई एकीकरण गर्न आफूले निरन्तर प्रत्यन गर्दा गर्दै पनि सम्भव हुन नसकेकोमा चिन्ता प्रकट गरे ।

नेकपाका प्रस्तावित केन्द्रिय सदस्य तथा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सल्लाहकार हरि घिमिरे बैठकलाई सम्बोधन गर्दै प्रवासी नेपालीलाई हातेमालो गरेर यो अभियानमा लाग्न आग्रह गरेका थिए ।

त्यस्तै उपाध्यक्ष नारायण हुँमागाईंले अबका संगठनहरु पुरानै पाराले नचल्ने भएकोले नयाँ पुस्तालाई सहभागी गर्न समय सापेक्ष नीति ल्याउनु पर्ने सुझाव दिएका थिए।

उपाध्यक्ष सिता अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सचिव छबिलाल भट्टराईले सह–संचालनको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा करिव एकसय जना केन्द्रिय सदस्यको उपस्थिति रहेको थियो।