‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक (भिडियो)

‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक (भिडियो)

टोरान्टो । नेपाली सांगितिक क्षेत्रमा फरक शैलीको ‘तँ त कस्तो भाग्यमानी’ नामक आधुनिक गीत सार्वजनिक भएको छ । क्यानाडामा बसोबास गर्दै आएका महेश भट्टराईको प्रेम र संवेदना मिश्रित यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् ।

विदेशमा रहेर पनि नेपाली गित संगीतलाई माया गर्ने भट्टराईले गीत सफल हुनेमा आफू आशावादी रहेको बताउँछन् ।

गीतमा सुवास चन्द्र ढुंगेलको शब्द रचना र हरि लम्सालले संगीत संयोजन गरेका छन् । सेन्टिमेन्टल उक्त गितको भिडियोमा अप्सरा तिमल्सिना र विकास लामिछानेको अभिनय रहेको छ । अप्सराले यसै गितबाट म्युजिक भिडियोमा डेब्यु गरेको निर्माण पक्षले जनाएको छ ।

काठमाडौंको एक होटलमा असिस्टेन्ट म्यानेजरका रुपमा कार्यररत अप्सरा टिकटकमा उत्कृष्ठ भिडियो निर्माण गर्न पोख्त छिन् । अप्सराको सोही कला र अभिनयबाट प्रभावित भएर म्युजिक भिडियोमा डेब्यू गर्ने अवसर दिइएको निर्माण पक्षको भनाइ छ ।

‘गीतको म्युजिक भिडियो उत्कृष्ठ बनेको र आफ्नो अभिनय दर्शकले रुचाइदिनेमा विश्वस्त रहेको अप्सराले बताइन्। बुद्ध थापाको छाँयाङ्कन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।